कन्टेनरमा ज्यान गुमाउनुअघि यी युवतीले मेसेज पठाइन्- सास फेर्न सकिनँ, म मर्दैछु
बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवमध्ये तीनजना भियतनामी नागरिक भएको पत्ता लागेको छ । बुधबार एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन् ।
२६ वर्षीया फाम थी ट्रा माईले लेखेको सन्देश थियो, ‘आमा बुवा, मेरो विदेशयात्रा असफल भयो, म साँच्चै माफी चाहन्छु ।’
‘सास फेर्न सकिनँ म मर्दैछु, आमा बुवा म तपाईहरुलाई साँच्चै धेरै माया गर्छु ।’

उक्त मेसेज पठाएपछि परिवारले उनीसँग सम्पर्कविहिन भएको जनाएको छ । समाचार एजेन्सीहरुले माईलगायत अन्य तीनजनाको परिवारबारे जानकारी पाएको उल्लेख गरेका छन् । माई ले मानव तस्करहरुलाई बेलायत पुग्न ३० हजार पाउन्ड तिरेको परिवारका सदस्यलाई उदृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन् ।
माईको अन्तिम मेसेज मंगलबार प्राप्त भएको थियो । बेल्जियमबाट प्रस्थान गरेपछि उनले मेसेज पठाएको र त्यसपछि कुनै जानकारी नआएपछि कन्टेनरमा मृत हुनसक्ने परिवारको आशंका छ ।
माईको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लगिएकी थिइन् । २० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्यान गुमाउन पुगेका थिए ।
प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो ।
निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो ।
बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा ३९ शव बरामद भयो । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए । सबैजना चिनियाँ नागरिक भएको भनिएपनि अन्य देशका नागरिक समेत भेटिएका छन् ।
घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ ।
-एजेन्सी
Photo Source: pressforinfo and wikitrustred
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


