अन्तर्राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप फाइनलमा बरुण घलेको उत्कृष्ट प्रदर्शन
काठमाडौँ ,
बुसिन्दो कोंसेकई(एम एम ए ) मुवा थाइ , कोटेश्वर भाटभटेनीका प्रोफेशनल किक बक्सिंग खेलाडी बरुण घले गत अक्टोबर १८ ,१९ र २० तारिकमा भारतमा आयोजना गरिएको इन्टरनेशनल प्रोफेशनल किक बक्सिंग ( के वान ) खेल प्रतियोगिताको २ खेलमा नक आउट जितेर फाइनलमा प्रवेश गर्न सफल भएका थिए । प्रतियोगिता बराबरीमा रोकिए पछी ड्र मा गएको थियो भने ड्र गर्दा बरुण बरुण पराजित हुन पुगे पनि यसलाई महत्व पूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।
उक्त फाइनल प्रतियोगिता नेपाल र भारत बीच भएको थियो । बरुण भन्छन ” दुइ वटा प्रतियोगितामा नक आउट हानेर फाइनलमा पुगे यसकारण खुशी नै छु किनकि अन्तरास्ट्रिय स्तरको प्रोफेशनल प्रतियोगितामा सहभागी हुने मेरो ठुलो सपना थियो त्यो पुरा भयो र एक दम राम्रो खेलेको भनेर अरु ले प्रसंशा साथै सपोर्ट गरिरहनु भएको छ यसले पनि मलाई अघि बाडन अझै उर्जा थपिएको अनुभूति गरेको छु ।
मैले हाम्रो देशको झन्डा जित सगै फरफराउने अवशर प्राप्त गरे त्यो सबै मलाई माया गरिदिनु हुने सम्पूर्णको म प्रतिको माया तथा हौसलाले सम्भव भएको ठानेको छु । धेरैले भन्ने गर्नु हुन्छ नेपालको खेल क्षेत्रमा स्कोप छैन खेलेरै दैनिक जीवन यापन गर्न कठिन छ भनेर त्यो म पनि स्वीकार गर्छु तर स्कोप नै छैन भनेर हामीले सधै खेल क्षेत्रलाई वेवास्ता गर्ने हो भने हामी पछिका केहि गर्छु भन्ने खेलाडीले समेत अवशर बाट बन्चित हुनु पर्ने अवस्था आउन सक्छ नसकिने हैन मेहनत गरियो भने खेलेर पनि सफलता सगै जीवन यापन गर्न सकिने वातावरण बनाउन सकिन्छ जस्तो लाग्छ ”
तपाईले दोश्रो हुदा कस्तो अनुभूति गर्नु भएको छ भन्ने प्रस्न को जवाफ दिदै बरुणले भने ” दोस्रो हुनुमा मलाई कुनै गुनाशो छैन । खेलमा भनेको जितमा मात्र वाहि वाहि हैन हर्दा पनि वाहि वाहि होस , सबैले राम्रो खेलेको भनेर प्रसंसा गर्न लायक होस अनि मात्र सबैको मन जित्न सकिन्छ जस्तो लाग्छ । मैले त्यहि अनुरुप राम्रो खेल्ने प्रयास गरे खेल सबैले मन पारिदिनु भयो खेल ड्र मा पुगेर हार्नु भनेको हार नै भन्न सकिन्न त्या आफ्नो खेल भन्दा पनि भाग्य कै रुपमा फैसला हुने भएको ले म यो खेलमा पराजय भए पनि बिजयी भएकै अनुभूति गरिरहेको छु । सबै भन्दा धेरै खुशी त आफ्नो देशको झन्डा अन्तरास्ट्रिय परियोगीतामा फहराउने अवशर पाएकोमा छु ” यो अवसर जुटाउन सहयोग गरिदिने बुसिन्दो कोंसेकईका अध्यक्ष उमेश गुरुङ गुरु लाइ धेरै धेरै धन्यवाद भन्न चाहन्छु ”
को हुन बरुण घले ?
बरुण घले बुबा धन बहादुर घले गुरुङ र आमा देबि माया घले गुरुङको कोखबाट खोटाङ बाक्सिला खोटाङ केपिलास गाडी गाउपालिका वाडन ४ जन्मिएका हुन उनले ठमाडौँ आएर पढाई सगै खेलकुदमा निरन्तर दिएका दिए । मुवा थाई बक्सिङ सुरु गरेका गुरुङले थाइल्यान्डको एक महिने थाई बक्सिङको बिशेष प्रशिक्षण समेत भाग लिएको बताएका छन्। बरुणको सफलताको यात्रा भने यसरि अघि बढ्यो उनले भारतको कलकतामा आयोजित अन्तर्राष्ट्रिय प्रो एमेच्युर किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण हात पारे ।
यस्तै उनले नेपाल रास्ट्रीय मुवा थाई बक्सिङ सघको आयोजनामा सन्चालन भएको प्रथम ३ नम्बर प्रदेश स्तरीय मुवा थाइ च्याम्पियनसिपमा ५७ केजि समुहमा स्वर्ण पदक जिते पछि उनलाई निकै सम्भावना बोकेको खेलाडीको सुचीमा अग्रपंक्तिमा सघले लिइएको थियो ।
यस्तै बरुणले राजधानीको नक्साल बक्सिङ क्लबमा बक्सिङको आधारभुत अभ्यास समेत लिईसकेका छ्न। प्रतियोगितामा आक्रमक भन्दा पनि टेक्निकल खेलमा बिश्वास गर्ने बरुण अनुशासित खेलाडी मात्रै नभैइकन एक मेहनेती खेलाडी रूपमा समेत चिन्दछन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


