Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

तोकियो धानको समर्थन मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, कार्तिक, १३
तोकियो धानको समर्थन मूल्य

ललितपुर। सरकारले चालु आर्थिक वर्षको लागि धानको समर्थन मूल्य तोकेको छ । चालू आर्थिक बर्ष २०७६/७७ मा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा तोकेको हो ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले धानको समर्थन मूल्य तोकिएको जानकारी दिए। मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

गतबर्ष सरकारले मोटा धानको सर्मथन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा समर्थन मूल्य तोकिएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स