Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

कालापानीबारे भारत बोल्यो : नेपाली भूमि नमिचेको दाबी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, कार्तिक, २१
कालापानीबारे भारत बोल्यो : नेपाली भूमि नमिचेको दाबी

काठमाडौं, २१ कात्तिक । भारत सरकारले कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज साँझ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कुनैपनि पूनरावलोकन नगरेको स्पष्ट पारेका छन् । उनकाअनुसार भारतले आफ्नो नयाँ नक्शामा भारतको सार्वभौम भूमिलाई मात्रै उल्लेख गरेको छ ।

नयाँ नक्शामा आफूहरुले नेपालसँगको सिमामा कुनै पूनरावलोकन नगरेको पनि भारतको दाबी छ । ‘नेपालसँगको सिमा विवाद अहिले कायम रहेको संयन्त्रले समाधानको लागि काम गरिरहेको छ’–प्रवक्ता रविस कुमारले भने ।

भारतले नेपालसँगको सिमा विवाद वार्ता तथा सहमतिको माध्यमबाट नै समाधान गर्न सकिने विश्वास दिलाएको छ । नेपाल–भारत सम्बन्ध बिर्गान उद्धत रहेका निहित स्वार्थ समूहबाट दुवै देश सतर्क हुनुपर्ने भारतको भनाई छ ।

Top Changing Nepal

युट्युब सट्स