नेपाली एक जुट भै भारतीय दादागिरी बिरुद्ध अब बोल्नै पर्छ , रोबेश
नेपालको रास्टृय स्वाधीनता ,सार्बभौमिकता र नेपाल आमा र नेपाली भु भाग माथी दादा गिरि सैलिले खुले आम नाङो हस्तक्षेप नाङो अतिक्रमण गरी वीर गोर्खालीको रगत तताउने कार्य गरेको छ ।नेपाल छ र भारत बाचेको थियो र बाचेको छ ।भारतले नेपालको पुर्ब पश्चिम् र दक्षिणी सिमामा ६० हजार हेक्टर जग्गा मिचीरहेको विभिन्न संचार माध्यम बाट सुनिदै हेरिदै आएको र उक्त मिचिएको सिमा बिसयमा अभियन्ता फडिन्द्र नेपाल ले सम्युक्त रास्ट्रसङ्घमा समेत ध्यानाकर्षण गराएको कुरा संचार माद्यममा सुन्दै हेर्दै आइ रहेको बेला भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभाग भारतमा गाभेको नक्सा सार्बजनिक भएको मा म एक देशभक्ति नागरिक लगायत रास्ट्रपेमी नागरिकको लागि असह्य भएको छ।
यस्तो जटिल मुद्दामा परराष्ट्र मन्त्रालयले निकालेको प्रेस बिग्यप्तीमा समेत जिम्मेवार ब्यक्तिको हस्ताक्षर नहुनुले सरकार भारत सङ आत्मसमर्पण गरेको अनुभूति नागरिक लाई भएको छ।भारतको यो कदमलाई देश भक्त नेपालिले प्रतिबाद गरी ग्रेटर नेपाल ,विशाल नेपाल निर्माण गर्न सत्तारूढ दल प्रतिपक्ष लगायत आम नागरिक एक जुट भई नेपाल आमाको निम्ति आफ्नो जननी को रक्षार्थ हामी एक जुट हुन आबस्यक छ।सरकारले यस्तो गम्भीर रास्टृय स्वाधीनता ,सार्बभौमिकता का बिसयमा कुटनैतिक पहल गरी सीमा सुरक्षाको निम्ति सुरक्षाकर्मी सुरक्षा फौज लाई परिचालन गरी रास्ट्र्को पहिचान लाई सदैब उच्च राख्न बिश्वको शक्ति सम्पन्न देश नेपाल स्थापित गर्न लाई भारतले सिमा मिचेर हामी देश प्रेमी नागरिकलाई एक जुटहुने सन्देश दिएको छ।
हामी नागरिक सरोकारवाला नेपाल सरकार सबै कर्तव्यनिस्ठ भै एउटै उद्येस्य लिएर नेपालको चौतर्फी बिकाश गरि नेपाल भारत खुल्ला सिमा अन्त्य गरेर आफ्नो स्वतन्त्र रास्ट्र लाई वीर गोर्खालीको मुटुको टुक्रालाई छुन त के भारतले कु दृस्टीले हेर्न आँखा उठाउन सम्म सक्दैन।भारतले नेपालको भुमी मिची बनाएको नक्साले नेपाली नागरिक गोर्खाली वीर हरु लाई अपमान गरेको छ । पशुपति नाथ कुल देवता को अपमान ,हिमालयन पर्बत र बुद्धभुमी तपो भुमी भगवान् बुद्धको अपमान गरेको छ । वीर गोर्खाली हामि सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गम्भीर बन्न आबस्यक छ। ‘नेपाली नागरिकहरुले भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्नु पर्दछ ।
यस्तो गम्भीर मुद्दा हेल्चेक्राइ र आलटाल नगरी आवश्यक सत्यतथ्य प्रमाण प्रकाशमा ल्याई भारतले चालेको यस्तो कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दरिलो भै उभिएर प्रकाशित नक्सा बारे चाडो भन्दा चाडो आवश्यक कूटनीतिक पहल अगाडि बढाइ नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै भारत सङ कुटनैतिक पहल गर्न माग गर्दछु।
-अभिनेता रोबेश आचार्य
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


