Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

भुकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, कार्तिक, २६
भुकम्पको धक्का

काठमाडौं, कात्तिक २६ । दार्चुलामा आज विहान भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका सहायक प्राविधिक चन्दा शाहले बताएअनुसार अनुसार विहान ७ः४५ बजे भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको मन्स्यारी भन्ने स्थानमा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको हो ।

दार्चुला सदरमुकाम खलंगाबाट ६२ किलोमिटर उत्तरतर्फ पर्ने भारतको मन्स्यारीमा केन्द्रविन्दु बनाएर भुकम्प गएको उनको दावी छ । दार्चुला जिल्लामा भुकम्पको धक्का ठुलै महसुस गरिएको स्थानीय विक्रमबहादुर बमले बताए । भूकम्पको धक्का महसुस गरिए पनि कुनै प्रकारको क्षतिको घटना विवरण भने अहिलेसम्म आएको छैन ।

Top Changing Nepal

युट्युब सट्स