सागमा ५१ स्वर्ण जित्ने नेपाली खेलाडी (सूचीसहित)
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ । यो साग १७ वर्षीया गौरिका सिंहका लागि फलदायी बन्यो । पौडीमा उनले एक्लै चार स्वर्ण जितिन् । उनले तीन रजत र दुई काँस्य समेत जितिन् । उनी एक्लैले नौ पदक जितेर इतिहास रचिन् ।
दुई छोराकी आमा आयशा शाक्यले तेक्वान्दोमा दुई स्वर्ण जितिन् । कराँतको कातामा मण्डेकाजी श्रेष्ठले पनि दुई स्वर्ण जिते ।
यसपटक सबैभन्दा बढी पदक तेक्वान्दोले दिलायो । तेक्वान्दोमा नेपालले १२ स्वर्ण जित्यो । दोस्रोमा कराँतले नौ स्वर्ण दिलायो । चौंथोमा उसुले ६ स्वर्ण दिलायो ।
पौडीले चार, साइक्लिङले चार, एथलेटिक्स र बक्सिङले तीन तीन स्वर्ण जितायो । बक्सिङमा २० वर्षपछि नेपालले स्वर्ण जित्यो । एथलेटिकसको म्याराथनमा नेपालले दुई दशकपछि स्वर्ण जित्यो । एथलेटिक्सको मध्यम दूरीमा नेपालले ऐतिहासिक स्वर्ण जित्यो ।
यसपटक कुस्तीमा पनि नेपालले स्वर्ण जित्यो । पहिलोपटक स्वर्ण जितेकोमा कुस्ती, पौडी, ट्रायथलन, साइक्लिङ रहेका छन् । यसपटक नेपाली खेलाडीहरु विभिन्न स्पर्धामा राष्ट्रिय किर्तिमान समेत बनाएका छन् । एथलेटिक्स र पौडीमा राष्ट्रिय किर्तिमान बनेको छ ।
तेक्वान्दो- १२
गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)
कराँते- ९
मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)
उसु- ६
विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)
जुडो- २
देविका खड्का (महिला ४५ केजी जुडो)
पुनम श्रेष्ठ (महिला ७८ केजी)
साइकलिङ- ४
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)
पौडी- ४
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)
गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)
गौरिका सिंह (महिला ४०० मिटर फ्रिस्टाइल)
गौरिका सिंह (महिला १०० मिटर फ्रिस्टाइल)
एथलेटिक्स- ३
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)
गोपी चन्द पार्की (पुरुष ५००० मिटर )
किरण सिंह बोगटी (म्याराथन)
बक्सिङ- ३
भूपेन्द्र थापा मगर (पुरुष ६४ केजी)
मिनु गुरुङ (महिला ५४ केजी)
सनिल शाही (पुरुष ६० केजी)
ट्रायथलन- १
सोनिका गुरुङ (महिला)
दुवाथोलन- १
हिमाल टमाटा
भारोत्तोलन- २
सन्जु चौधरी (महिला ५९ केजी)
विकास थापा (८९ केजी समूह)
कुस्ती- १
संगिता धामी (महिला ५५ केजी)
गल्फ- २
सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)
पुरुष फुटबल-१
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


