काठमाडौँमा युवतीले काटिदिइन् आफ्नै प्रेमीको लिङ्ग
जानकारी केन्द्र
२०७६, मंसिर, २६
काठमाडौं | काठमाडौँमा एक युवतीले आफ्नै प्रेमीको लिंग काटी दिएकी छिन् | प्रेम सम्बन्ध सफल नहुने देखिए पछि ति युवतीले मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय राजिव सुनुवारको लिङ्ग काटीदिएकी हुन् |
उनको काठमाडौँको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको बौद्धका डीएसपी रमेशबहादुर सिंहले बताए | उनीहरुबीच सम्बन्धमा खटपट आए पछि फोन सम्वाद समेत बन्द भएको थियो | सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाइन् र त्यसैबखत चक्कु प्रहार गरि प्रेमीको लिङ्ग काटिदिएको अनुसन्धानबाट खुलेको छ |
प्रहरीका अनुसार, उनीहरु दुवैजना हायात होटलमा काम गर्छन | दुवै जना फरक-फरक धर्म मान्दा रहेछन | धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेपछि उक्त घटना भएको प्रहरीको भनाइ छ |
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

