जाडोमा यसकारण हुन्छ हृदयघातको उच्च जोखिम
काठमाडौं । पछिल्लो समय विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको पाइन्छ । बदलिँदो जीवनशैली, गलत खानपान, धुम्रपान, व्यायामको कमी, तनाव आदिका कारण मुटु रोगीको संख्या बढेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । हृदयघात, एन्जाइना, उच्चरक्तचापजस्ता रोगीको संख्या दिनानुदिन बढिरहेको छ ।
जाडोमा मुटु रोगीलाई हृदयघात हुने जोखिम उच्च रहन्छ । किनकि अन्य मौसमको दाँजोमा यतिबेला हाम्रो जीवनशैली केही निष्क्रिय हुन्छ । यसरी हुन्छ हृदयघात मुटुको कुनै पनि धमनीमा शत प्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु वा उक्त भागको मृत्यु हुनु हृदयघात हो । रक्तनलीमा विभिन्न कारणले अवरोध हुने गर्छ, जसमध्ये रक्तनलीमा बोसो जम्नु, रक्तनली फुट्नु र उच्च उरक्तचाप मुख्य हुन् ।
रक्तनलीमा देखिने विभिन्न समस्याले मुटुमा दबाब परेमा धमनीमा अवरोध सिर्जना हुन्छ र मुटुले काम गर्न छाड्छ । सामान्यतया स साना धमनीमा अवरोध हुँदा खासै असर नदेखाए पनि देब्रेतिरको मुख्य धमनीमा अबरोध हुँदा हृदयघात प्राणघातक हुन सक्छ । हृदयघात सुर्तीजन्य पदार्थको सेवन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, वंशानुगत गुण आदि कारणले हुन्छ ।
उमेर बढ्दै जाँदा महिला पुरुष दुबैमा हृदयघातको सम्भावना हुन्छ । जाडोमा चिसोको कारण शरीरका नसा साँधुरिँदा मुटुमा कार्यभार बढ्छ । चिसोमा कहिले काहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुट्ने र हृदयघात हुने जोखिम बढी हुन्छ । त्यसैगरी फोक्सोमा संक्रमण, निमोनिया, दम आदि कारणले पनि मुटुलाई असर गरिरहेको हुन्छ ।
कसरी थाहा पाउने ?
हृदयघातको लक्षणबारे अधिकांशमा जानकारी हुँदैन । जसका कारण बिरामी ढिला चिकित्सक कहाँ पुग्छन् । छाती दुख्नु, दम बढ्नु वा स्वाँ स्वाँ हुनु, कमजोरी महसुस हुनु, कसैमा पेट दुख्ने, बंगरा दुख्ने आदि फरक फरक लक्षण देखापर्न सक्छन् । त्यस्तै अधिकांशमा मुटु ढुकढुक हुने, बेहोस हुने आदि समस्या देखापर्न सक्छ । यस्ता लक्षण देखा परेमा तुरुन्त चेकजाँच गर्नु आवश्यक छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

