Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

वास्तुको यस्तो रहस्य जसले गरिबलाई पनि बनाइदिन्छ धनी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, १३
वास्तुको यस्तो रहस्य जसले गरिबलाई पनि बनाइदिन्छ धनी

काठमाडौँ । मानिसले जीवनमा थुप्रै किसिमका नकारात्मक ऊर्जाको सामना गर्नुपर्दछ । कार्यलयमा होस् वा घरमा मानिसलाई गलत वास्तुको कारणले हानि पुगिरहेको हुन्छ । नकारात्मक ऊर्जा कै कारण धनको अभाव हुने, पारिवारिक समस्या हुने जस्ता अनेक समस्या हुने गर्दछ ।

यदि घर वा कार्यलयको वास्तु ठिक छ भने मानिसलाई अत्याधिक लाभ हुनुका साथ उसमा सधैं सकारात्मक ऊर्जाको प्रभाव पर्ने गर्दछ । जानिराखौं वास्तुका यस्ता उपाय जसले नकारात्मक ऊर्जालाई टाढा राख्नुका साथै मानिसलाई आर्थिक अभावबाट बचाउँदछ ।

१. तामाका ३ सिक्का:
घरको दराजमा यदि सुन, चाँदी र पैसा राख्ने गर्नुहुन्छ भने त्यस ठाउँमा तामाका तीन सिक्का राख्दा अत्याधिक लाभ हुने वास्तुशास्त्रको मान्यता छ । त्यसैगरि यो तीन सिक्कालाई लक्ष्मीपूजा, शिवरात्रि र होलीमा पूजा गर्दा घरमा आर्थिक लाभ हुने गर्दछ ।

२. श्रीयन्त्रको स्थापना :
घरको पूजा कोठामा शुभ दिनमा श्रीयन्त्रको स्थापना गरियो भने घरमा पारिवारिक सुख बढ्नुका साथै शुक्रबार महालक्ष्मीको मन्त्र जप गरेर श्रीयन्त्रको पूजा गर्नेहो भने देवी लक्ष्मी प्रशन्न रहनुका साथै धन लाभ समेत दिने मान्यता छ ।

३. घोडाको तस्बिर :
घरमा कहिल्यै पनि भगवानका प्रतिमा वा मुर्तिलाई एक अर्काको आमने सामने राख्नु नहुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ । यसले घरमा पारिवारिक कलह र अशान्ति निम्त्याउने गर्दछ । त्यसगरी, घरमा घोडाको तस्बिर दक्षिण दिशामा फर्काएर राख्दा अत्याधिक लाभ हुने गर्दछ ।

४. झाडु वा कुचो :
घरमा झाडु वा कुचो राख्दा कसैको पनि आँखा नपुग्ने स्थानमा राख्नुपर्ने हुन्छ । त्यसैगरी, झाडु वा खुचो माथि कुनै पनि किसिमका भारी वस्तु राख्नु नहुने साथै यसलाई कहिल्यै पनि लडाएर राख्नु हुँदैन । झाडु वा कुचोलाई वास्तुशास्त्रमा धेरै महत्व स्थान दिएको छ र यसलाई सहि तरिकाले घरमा राख्दा सकारात्मक उर्जाको प्रभाव बढ्ने गर्दछ ।

५. उठ्ने समय :
वास्तुशास्त्र वा हिन्दु परम्पराअनुसार मानिसले जहिल्यै पनि सूर्याेदय हुनु भन्दा अगाडि उठ्नु पर्ने हुन्छ । यदि सुर्योदय पछि उठ्यो भने वास्तुदोष हुने र घर र जीवनमा नकारात्मक शक्ति प्रभाव बढ्ने गर्दछ ।

६. मुख्यद्वार :
घरको मुख्यद्वार वा ढोकामा ओमको आकृति बनाउनु अत्याधिक लाभ हुने गर्दछ । यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश नगर्ने, त्यसैगरी ओम आकृतिलाई दैनिक धुप बत्ति गरियो भने घरमा सुख र सम्वृद्धि छाउने गर्दछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स