पुष १४ देखि १८ गतेसम्मको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दैनिक कार्यमा प्रगति हुँदै जानेछ । धार्मिक यात्राको योगछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । दाम्पत्य जीवन सुखमय हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्ग बाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलतापनि मिल्ला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता बन्न लागेको काम विग्रीएला । नाक तथा घाँटीमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । चोटपटकको भयछ सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यापार व्यवसायमा सफलता पाईनेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग वैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योगपनि छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घ्यूङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ । वैदेशिक क्षेत्रपनि कमजोर रहला । बुधवारबाट प्रेमीको सहयोग पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क ३,४ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शुभ समाचार सुन्न पाइएला । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघी बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
जोश जाँगर र हिम्मत वढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग कलेजी वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
लत्ता कपडामा बढी धन खर्च हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मंगलवार बाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग । निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शुभकार्यको चर्चा चल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मंगल कार्यको योगछ र सन्तान सुखपनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीको लागि 977-9849559502)
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


