Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कृषि कर्जा लिन महासंघले सहयोग गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, १७
कृषि कर्जा लिन महासंघले सहयोग गर्ने

ललितपुर। कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताएका छन् ।

साथै, विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । उपाध्यायका अनुसार कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत बैंकले कृषि तथा पशुपालनको व्यवसायिकीकरण र आधुनिकीकरणमा अग्रणी भुमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।यस्तैगरी, राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बैंकसँग गरिएको सम्झौताबाट दूरदराजमा रहेका उपेक्षित गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिक स्तर माथि उठाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरे ।

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आबद्ध देशका ५७ जिल्लाका करिब ५ हजार २ सय कृषक समुह तथा सहकारीका १ लाख कृषकहरुलाई कृषि तथा पशुसँग सम्बन्धित परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउने बताएका छन् ।साथै, महासंघको सिफारिसमा स्थानीय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालिम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन समेत गर्ने छ ।

Top Changing Nepal

युट्युब सट्स