पुस १९,शनिबारको राशिफल
जय गुरु देव !! जय शनि देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको पञ्चाङ्ग–
वि.सं. २०७६ पुस १९, शनिबार, इ.स. २०२० जनवरी ४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, नवमी, २३:१३ उप्रान्त दशमी, नक्षत्र– रेवती, ८:३८ बजेउप्रान्त अश्विनी, योग– शिव, २२:५९ बजेउप्रान्त सिद्ध, करण– वालव, १०:१८ बजेदेखि कौलव, २३:१३ बजेउप्रान्त तैतिल, आनन्दादिमा धाता योग, चन्द्रराशि– मीन, ८:३८ बजेउप्रान्त मेष, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २५ घडी ८ पला। पञ्चक ८:३८ बजे समाप्ति।
भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ पुस २०,आइतबार, इ.स. २०२० जनवरी ५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, दशमी, २४:४६ उप्रान्त एकादशी, नक्षत्र– अश्विनी, १०:५१ बजेउप्रान्त भरणी, योग– सिद्ध, ३२:०२ बजेउप्रान्त साध्य, करण– तैतिल, १२:०३ बजेदेखि गर, २४:४६ बजेउप्रान्त वणिज, आनन्दादिमा आनन्द योग, चन्द्रराशि– मेष, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २५ घडी ९ पला। गुरु गोविन्द सिंह जयन्ती। सर्वार्थसिद्धि योग १०:५१ बजेसम्म।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,सोचेको लाभ नमिल्न सक्छ,तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ, नयाँ ज्ञान सिक्ने मौका छ,पढाइमा प्रगति हुनेछ, व्यवसायका लागि यात्रा सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ, कीर्तिमानी काम गर्ने समय छ,धेरै लगानीपछि कममात्र फाइदा हुनेछ, समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,आजको शुभ अंक ११ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, आम्दानी बढ्नेछ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, अतिथिका रूपमा सम्मान पाइने समय छ,रमाइलो यात्राको समेत मौका छ,आजको शुभ अंक २ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्,रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,आजको शुभ अंक १० रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,भाग्य बलवान् भएकाले अरूको हातमा गइसकेको धन फिर्ता हुन सक्छ,आजको शुभ अंक १ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शत्रुहरू किनारा लाग्नेछन्, प्रतिस्पर्धामा पनि विजयी भइनेछ,सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,अप्रिय समाचारले दुःखी बनाउन सक्छ, पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बाध्यतापूर्ण काममै समय बित्न सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
यथार्थमा लाभ भने कमै मिल्नेछ,कमजोरीले चिन्ता बढाउन सक्छ,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आजको शुभ अंक ५ रहेको छ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


