Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यी राशि भएका युवतीलाई बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, २०
यी राशि भएका युवतीलाई बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग

काठमाडौँ । ज्योतिष विज्ञानमा हामी जो कोही धेरै विश्वास विश्वास गर्छौ । हुन पनि हो, ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन् । यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ । ज्योतिष शास्त्रका अनुसार यी तल दिएका राशि हुने युवतीहरू धेरै राम्रा र सफल बुहारी बन्न सक्छन् ।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन् । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन् । अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन् । शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन् । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन् ।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन् । कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन् । कलह देखि पनि कन्या राशि हुनेहरु टाढा रहन रुचाउँछन् । जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन् । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन् ।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन् । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन् । परिवारमा आइपर्ने दुख माथि विशेष निगरानी रहने गर्छन्, दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन् । यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ । बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स