जीवनमा कहिले अधुरो छाड्नु हुँदैन यी काम
एजेन्सी । सुखी जीवनका लागि हिन्दू शास्त्रमा धेरै नियम र उपायहरु रहेका छन् । शास्त्रमा रहेका नियमहरुको सही पालनाले जीवन सुखमय रहन्छ । गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ । यी चार कामलाई अधुरो छोडेमा भविष्यमा जीवनमा नोक्शान हुने धारणा छ ।
पहिलो काम
यदि कोही शत्रुले लगातार तपाइँलाई हानी पु–याउने कोशिस गरिरहेको छ भने सतर्क हुनुपर्छ । शत्रुसँग मित्रता बढाउन नसके उसलाई जसरी पनि पराजित गर्नुपर्ने शास्त्रमा उल्लेख छ । शत्रुलाई पराजित नगरी अधुरै छोड्यो भने उसले जुनैैसमयमा पनि नोक्शान पु–याउन सक्छ । त्यसैले शत्रुलाई नियन्त्रणमा राख्नुपर्छ ।
दोस्रो काम
ऋण वा उधारो लिएपछि सँधै पूरै फिर्ता गर्नुपर्छ । यदि ऋण पूरै फिर्ता गरिएन भने ब्याजका कारण ऋण पुनः बढ्ने सम्भावना हुन्छ । त्यसैले ऋणलाई शत–प्रतिशत तिर्ने बानी गर्नुपर्छ ।
तेस्रो काम
यदि कोही व्यक्ति बिरामी परेमा औषधोपचार गरेर पूर्णरुपमा उपचार गर्नुपर्छ । रोगलाई औषधोपचार गरेर पूरै रुपमा ठीक भएन भने रोग बल्झेर शरीरमा हानी पु–याउन सक्छ । त्यसैले रोगलाई जहिलेपनि पूर्ण निवारण गर्नुपर्छ ।
चौथो काम
कुनै ठाउँमा आगलागी भएको छ भने आगो पूरै निभाउनुपर्छ । अन्यथा थोरै आगो पनि सल्केर ठूलो नोक्शान हुनसक्छ । आगोलाई कहिल्यै सानो ठान्नु हुँदैन र आगोलाई पूर्णरुपमा निभाउनुपर्छ ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


