श्रीमानको बाँडफाँट : एक जनासँग तीन दिन बस्ने, एक दिन छुट्टी
एजेन्सी । भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा शनिबार एउटा निकै अचम्मको घटना घटित भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँट गरेका छन् । यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन् । श्रीमती र प्रेमिकाले श्रीमानलाई एक दिनको छुट्टी पनि दिएका छन् ।
शनिबार ती व्यक्तिकी प्रेमिकाले प्रेमीले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै पुलिसथानामा उजुरी दिइन् । श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा पुलिस पनि तनावमा परेको भारतीय संचार माध्यमले बताएको छ । पुलिसले श्रीमान राजेश कुमारलाई थानामा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको भारती संचार माध्यम दैनिक भास्करले जानकारी दिएको छ ।
पुलिसको उपस्थितीमा सम्झौता भयोः
पुलिसको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेको बताइन्छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनलाई छुट्टी दिइएको छ, त्यतिबेला उनी आफ्नो इच्छा अनुरुप जुन श्रीमतीसँग पनि बस्न सक्नेछन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


