Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

बन्दा बन्दी का बीच रगत को संकट टार्न ललितपुर वडा नं २५ मा रक्तदान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, बैशाख, ८
बन्दा बन्दी का बीच रगत को संकट टार्न ललितपुर वडा नं २५ मा रक्तदान

कोभिड १९  महामारीका बिच अस्पतालहरुमा हुनसक्ने रगतको अभावलाई ध्यानमा राख्दै ललितपुर महानगरपालिका वडा नंबर २५ का युवाहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।  वैशाख ८ गते सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५० जना दाताहरु द्वारा  रक्तदान गरेको  बताईएको छ  ।

ल.पु.म.न.पा. २५ मा कालिका मन्दिर प्राङ्गणमा गरिएको उक्त कार्यक्रममा कालिका गुठी धर्म सँस्था समितिको पनि सहयोग रहेको थियो । विद्यमान महामारीलाई मध्यनजर गर्दै कार्यक्रममा सामाजिक दुरी कायाम राख्ने, विशेष सरसफाई गर्ने, स्यानिटाइजर, पन्जा, मास्क चाहिँदो मात्रामा उपलब्ध गराई रगत दान गर्नेको विदेश भ्रमण र स्वास्थ्य स्थितिको सोधपुछ गरि आवश्यक जाँचपडताल पछि मात्र रगत संकलन गरिएको कार्यक्रम आयोजक युवाहरुका तर्फबाट रुपक रिसालले जानकारी दिए ।

यस बन्दाबन्दिको स्थितिमा नियमित भइरहने रक्तदान कार्यक्रम त्यति नहुने, अस्पताल धाएर रगत दान गर्न पनि नसकिने र आकस्मिक रुपमा रक्तदान गर्न जान पनि यात्रागत कठिनाई हुने हुनाले यस्तो अवस्थामा गरिएको रक्तदानले झन ठूलो महत्व राख्ने सहभागी हुन आउनेले  वताएका छन  ।

Top Changing Nepal

युट्युब सट्स