जमातीमा बढी कोरोना संक्रमण देखिएकाले गम्भीर छौं, घरमै नमाज पढौं- मुस्लिम आयोग
काठमाडौं, १२ वैशाख । मुस्लिम आयोगले रमदानको समयमा पनि घरमै नमाज पढ्न आग्रह गरेको छ । आज मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले रमजान महिनामा पनि घरमै नमाज पढ्न आग्रह गरेका हुन् ।
कोरोना भाइरसका कारण मुस्लिम समुदायलाई लकडाउनको पूर्ण पालना गर्न भन्दै सामाजिक दुरी कायम गर्न भने । अन्सारीले भने, ‘यसमा हेलचेक्राईँ नगरौं, दुर्घटना हुनसक्छ ।’ यो महामारी कुनै धर्म र जात विशेषलाई हुने नभएकाले रोगसँग मिलेर लड्नुपर्ने बताए ।
जमातीको ठूलो संख्यालाई उदयपुर र वीरगञ्जमा कोरोना भाइरसको संक्रमण भएको उल्लेख गर्दै आफूहरु गम्भीर भएको बताए । उनले भने, ‘जमातीमा बढी देखिएकाले गम्भीर भयौं ।’
धर्म गुरु बसेको र केही कर्मचारी बसेकोमा सचेत गराएको बताए । हरेक मदरसा र मस्जिदमा बसेकालाई स्वाब टेष्ट गरिएको बताए । मस्जिद मदरसामा केही छुटेको र फसेको भए अबिलम्ब गएर सरकारलाई सहयोग गर्न आग्रह गरे ।
मुस्लिम समुदायले अहिलेको अवस्थामा सहयोग गर्नुपर्ने बताए । मस्जिदमा धर्म गुरुबाहेक आवश्यक कर्मचारी बाहेक कोही नबस्न आग्रह गरे ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


