कक्षा ११ र १२ को परीक्षाको विकल्प नखोजिने, परीक्षा गराएरै छाड्ने शिक्षामन्त्री पोखरेलको भनाई
काठमाडौं, ३१ जेठ । यस वर्ष एसईईको परीक्षा नलिई आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय भएपनि कक्षा ११ र १२ को परीक्षा भने हुने भएको छ । तर, परीक्षा कहिले हुने भन्नेबारे शिक्षा मन्त्रालयले खुलाएको छैन ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ को भने परीक्षा लिनैपर्ने हुने बताए । उनले ऋषि धमलासँग रेडियो एनआरएनसँग भने, ‘हामीले कक्षा १० र १२ को परीक्षा गर्नुपर्नेथियो । परिस्थिति सामान्य भएपछि परीक्षा हुन्छ ।’
पोखरेलले एसईई नै खारेजी नहुने बताए । एसईईको इतिहास लामे भएको भन्दै उल्लेख गर्दै भने, ‘अहिले पनि प्रहरी, सेना र सरकारी सेवामा जाँदा श्रमबजारमा कामसँग पनि गाँसिएको छ । अहिलेसम्म यो प्रमाणपत्रलाई लोकसेवाले पनि मान्यता दिइरहेको लगायतका धेरै पक्षहरु छन् ।’ एसईई नै खारेजीको विषयमा अझै छलफल नपुगेको बताए ।
अहिले ११ को परीक्षाको त्यस्तो हतार नभएको बताए । कक्षा चढाउनुपर्यो भने पछि परीक्षा गरेर पनि गर्न सकिने उनको भनाई थियो ।
परीक्षा अनुकूल समयमा गर्नुपर्ने भन्दै विश्वविद्यालयहरुको लागि नयाँ ढंगले सोच्नुपर्ने बताए । ‘हामीले जेठभरिमा शिक्षासम्बन्धी सबै विषयमा स्पष्ट पार्दै जान्छौं भनेका थियौ त्यो हुँदैपनि गएको छ,’ पोखरेलले भने ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

