भारत र चीनका सैनिकबीच भिडन्तमा यस्तो फलामे रडको प्रयोग , गोलि चलेको होइन
असार । गत सोमबार भारत र चीनका सैनिकबीच लदाखको ग्यालवन क्षेत्रमा हिंसात्मक झडप भयो । ४५ वर्षपछि यी दुई देशबीच सिमामा सैनिकको ज्यान जाने गरी भिडन्त भएको हो ।
भिडन्तमा गोला बारुद चलाउन नपाइने नियम भएकाले दुवै देशका सैनिकले युद्ध नियमको पालना गरेका थिए । गोलाबारुद भएपनि दुवै देशका सैनिकले चलाएनन् । तर, उनीहरुले कच्चा हतियारको भरपुर प्रयोग गरेका थिए ।
ढुंगामुढा, फलामको रड देखि बाँसमा किला ठाकेर बनाएको हतियारले एक अर्कामाथि आक्रमण गरेका थिए । झडप सोमबार दिउँसो देखि मध्यरातसम्म चलेको थियो ।
झडपका क्रममा कतिपय सैनिक गेलवान नदीमा फालिएका थिए । उनीहरुको शव त्यहींबाट झिकिएको थियो ।
अहिलेसम्म भारतका २० सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ । चीनले भने त्यसबारे केही खुलाएको छैन । चीनतर्फ पनि ठुलै मानवीय क्षति पुगेको बताइएको छ ।
गेलवान उपत्यकामा भारत र चीनबीच सिमा विवाद छ । यसअघि झडपको सम्भावनालाई दृष्टिगत गरी लेफ्टिनेन्ट जनरल तहमा दुई देशबीच वार्ता भएको थियो । वार्ताले निरन्तरता पाइरहँदा झडप भएको थियो ।- Photo Source: BBC
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


