Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कोरोना सङ्क्रमण पुष्टि भएपछि होटल सिल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, ९
कोरोना सङ्क्रमण पुष्टि भएपछि होटल सिल

असार ४, लमजुङ | कोरोना सङ्क्रमित फेला परेपछि लमजुङको एक होटललाई सिल गरिएको छ ।

कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

कोरोना सङ्क्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग बाइकमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए । सो होटलमा एक दिन बास बसेर मनाङ गएकामा कोरोना पुष्टि भएपछि यहाँका आसपासका स्थानीयवासी त्रसित भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स