Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

राष्ट्रपतिले डाकिन् रात्रीभोज, को को आमन्त्रित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, १०
राष्ट्रपतिले डाकिन् रात्रीभोज, को को आमन्त्रित

काठमामदन जयन्तीको चार दिन अघि भण्डारीले रात्रीभोज डाकेकी हुन् । भोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द्र, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरु, नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका प्रभावशाली नेताहरुलाई निम्तो गरिएको बुझिएको छ ।

भण्डारीले सबै पक्षसँग भेटका लागि रात्रीभोज आयोजना गरेको बुझिएको छ । देशमा कोरोना भाइरसको संक्रमण हुँदा १५ जनाभन्दा बढी भोज भत्तेर र जमघट हुन नपाइने भनिरहँदा राष्ट्रपति भण्डारीले भने एक सयभन्दा बढीलाई निम्तो गरेकी छिन् ।

नेकपा विवाद उत्कर्षमा पुगिरहँदा सर्वपक्षीय भेटको महोल तयार गर्ने बहानामा भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । उनले आज विहानै नेकपाका नेताहरुसँग सामुहिक भेट गरेर विवाद मिलाउन खोजेकी थिइन् । नेकपा विवाद भएपछि भण्डारीले सक्रियता देखाउने गरेकी छिन् ।डौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आज रात्रीभोज डाकेकी छिन् । रात्रीभोजमा सयभन्दा बढीलाई निम्तो गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स