Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

जबरजस्ती करणीको प्रतिरोध गर्दा १४ वर्षीया बालिकालाई जिउँदै जलाइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, १९
जबरजस्ती करणीको प्रतिरोध गर्दा १४ वर्षीया बालिकालाई जिउँदै जलाइयो

एजेन्सी, १९ असार । भारतको छत्तीसगढ राज्यमा १४ वर्षीया बालिकालाई एक व्यक्तिले जिउँदै जलाइ दिएका छन् । छत्तीसगढ राज्यको मुंगेली जिल्लास्थित ३० वर्षीय पुरुषले १४ वर्षीया बालिकामाथि यौन उत्पीडन गर्न खोजे । सोही क्रममा बालिकाले प्रतिरोध गरिन् । त्यसपछि ती व्यक्तिले बालीकालाई जिउँदै जलाइदिए ।

उक्त घटना ३० जुनको घटेका मुंगेली जिल्लास्थित रहेको कोठबाली प्रहरी चौकीले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जबरजस्ती गर्ने ३० वर्षीय बब्लु भास्कर रहेको प्रहरीले जनाएको छ । उक्त अपराधीलाई प्रहरीले हिरासतमा लिई अुनसन्धान थालेको हो । उनलाई सेक्सन ३०२, ५०६, ३५४ जस्ता दफामा हिरासतमा राखिएको छ ।

बालिकाको घरपरिवारसँग केही झगडा भएको कारण अपराधी घरमै पसी जबरजस्तीकरणीको प्रयास गरेका थिए । १४ वर्षीया बालिका घरमा एकलै रहेको अवस्थामा मौका छोपी भास्कर जदरजस्तीको प्रयास गरेको र उनले उक्त प्रयासको प्रतिरोध गर्न खोज्दा मट्टितेल छड्केर उनलाई जिउँदै जलाइएको हो । शरीरमा आगो तीव्र रुपमा फैलिएपछि बालिका गुहारका लागी छिमेकीहरुसंग सहायता मागेकी थिइन् । आगो निभाई उनलाई छिमेकीहरुले अस्पताल लगेका थिए । तर, बुधबार उनको निधन भएको विषय प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स