चीनले उमार्यो चन्द्रमामा पहिलो विरुवा
एजेन्सी। चीनले पहिलो पटक चन्द्रमामा विरूवा उमारेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । विरुवा उमारिएको तस्बिर मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले सार्वजनिक गरेको छ ।
समाचार संस्था सिन्ह्वाका अनुसार गत ३ जनवरीमा चन्द्रमाको छेउमा अन्तरिक्ष यान चांगअ ४ अवतरण भएको थियो । सो अन्तरिक्ष यान चांगअ ४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको हो । सो अन्तरिक्ष यानले कपास, आलुको बीउ, माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लिएर गएको थियो ।
परीक्षणका प्रमुख प्राध्यापक लिउ हाङलोङका अनुसार बिरूवा टुसाएको भाँडो सानो र यसभित्र २५ डिग्री सेल्सियस तापक्रम कायम राख्ने प्रणाली जोडिएको छ । उनले भने, ‘अब टुसाएको बिरुवाले भाँडाभित्र एक सुक्ष्म जैविक मण्डल सिर्जना गर्नेछ । कृत्रिम वातावरणमा विरुवा आफैं हुर्कनेछ ।’
अन्तरिक्षमा लामो समय बाँच्न सम्भव छ कि छैन भन्ने थाहा पाउन बिउलाई चन्द्रमामा लगेर उमारेको प्राध्यापक लिउको कथन छ । उनले भने, ‘कम गुरूत्वाकर्षणमा यो बिरूवा टुसाएको छ, यसको हुर्काइले हामीलाई भविष्यका लागि स्पेश बेस बनाउने बाटो खोल्नेछ ।’
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

