Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

एनसेलद्वारा वायर फ्री वाईफाई सुविधा दिन शुरु, यी जिल्लामा छ उपलब्ध

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, भाद्र, ४
एनसेलद्वारा वायर फ्री वाईफाई सुविधा दिन शुरु, यी जिल्लामा छ उपलब्ध

काठमाडौं । एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन शुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा शुरु गरेको हो। भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका लागि विभिन्न प्याकेज समेत सार्वजनिक गरेको छ । हाल एनसेलको यो सेवा ४० भन्दा बढी जिल्लाका केहि स्थानमा उपलब्ध रहेको छ ।

वायर फ्री वाइफाइ उपलब्ध भएका जिल्लाहरु इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा, सप्तरी, सिराहा रहेका छन्।

त्यस्तै, रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, गोरखा, पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाची, नवलपरासी, दाङ, प्युठान, रोल्पा, सल्यान, कैलाली, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स