प्रचण्ड नयाँ घरमा सर्दै
काठमाडौं, २२ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सर्ने भएका छन् । उनले एक टिभीलाई दिएको अन्तर्वार्ताको क्रममा आफू घरको खोजीमा जुटेको र छिट्टै नयाँ घरमा सर्ने स्पष्ट पारेका हुन् ।
अहिलेका घरबेटीसँग आफ्नो नाम पटक पटक जोडेर विवादमा तान्ने काम गरिएको भन्दै उनले आफू घर सर्ने तयारीमा जुटेको बताएका हुन् । दाहाल हाल शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्छन् । अहिलेका घरबेटील कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? भन्ने कुरा आफूलाई केही पनि थाहा नहुने दाहालले स्पष्ट पारेका छन् ।
दाहाल खुमलटारमा बस्नुअघि लाजिम्पाटमा बस्दै आएका थिए । उक्त घरलाई लिएरपनि दाहाल विवादमा आएका थिए । लाजिम्पाटको घर अजेयराज सुमार्गीको आफन्तको घर थियो । दाहालको नाम सुमार्गीसँगपनि जोडिँदै आएको छ । File Photo
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

