प्रधानमन्त्री ओलीलाई भेट्ने कुलमानको प्रयास यसकारण भयो असफल
काठमाडौं,। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि आज मध्यरातिबाट सकिदैछ । अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जुन सम्भावना क्षीण भइसकेको छ ।
सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । त्यसैले गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन ।
कुलमानको चार वर्षे पदावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु कार्यकारी निर्देशको जिम्मेवारी पाउने सम्भावना छ । त्यसपछि कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।
घिसिङले प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव ठिक्क पारेर बसेका थिए । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।
विश्वस्त स्रोतका अनुसार कुलमान घिसिङले ओलीलाई पटक पटक भेट्न खोजे तर पाएनन् । उनी भेट मिलाउन शक्तिकेन्द्र निकै धाएपनि नसक्नुमा ओलीले उनलाई निरन्तरता नदिने मनशाय राख्नु पनि हो । ओली उनको कतिपय कार्यशैलीप्रति असन्तुष्ट थिए । जुन निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा बोलेर दर्शाएका थिए ।
सामाजिक सञ्जालमा कुलमान लोकप्रीय छन् । उनले लोडसेडिङ अन्त र विद्युत चुहावट कम गरको जस लिएका छन् । यत्रो लोकप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार खुशी भएन ।
कुलमान घिसिङ २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।-File Photo
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


