शनिबार यी स्थानमा काटिँदैछ दिनभर बत्ती
काठमाडौं । पुल्चोक र बालाजु वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा शनिबार दिनभर बत्ती काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने टेकु‚ पुल्चोक र रिङरोड फिडरमा नयाँ फिडर निर्माण कार्य गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सटडाउन हुनेछ ।
उक्त फिडर अन्तर्गत सानेपा स्टार हस्पिटल, मेघा, नयाँँ बाटो, सिद्धार्थ कटेज, पटिपा चोक, भनिमण्डल क्षेत्रहरुका बत्ती काटिनेछ । त्यस्तै बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने ढुङ्गे धारा र गोलढुङगा फिडरमा रिङरोड विस्तार कार्यक्रम अन्तर्गत एच टी लाइन तथा पोल सार्ने काम भइरहेकाले बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।
यो वितरण केन्द्रअन्तर्गत ढुङगे धारा, वनस्थली, अन्नपुर्ण चोक, फुलबारी गेट, नागार्जुन, लोलाङ, जितपुर क्षेत्र लगायतका स्थानमा बत्ती काटिनेछ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

