Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

मुम्बईमा पाँच तारे होटलमा छापा मार्दा बलिउडकी डान्सर र दुई अभिनेत्री पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, कार्तिक, १३
मुम्बईमा पाँच तारे होटलमा छापा मार्दा बलिउडकी डान्सर र दुई अभिनेत्री पक्राउ

एजेन्सी | मुम्बईको एक पाँचतारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेटको खुलाशा भएको छ । संचार रिपोर्टका अनुसार छापा मारेर तीन महिलालाई हिरासतमा लिईएको छ । यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ ।

न्यूज १८ को समाचारका अनुसार ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ । रिपोर्टमा ती ब्याले डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि पठाउने गर्थिन् । यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी थिइन् ।
कथित रुपमा शुक्रबार साँझ क्राइम ब्रान्चको एक टोली नक्कली ग्राहक बनेर गोरेगाव स्थित पाँच तारे होटलमा पुगेका थिए । उनीहरु सेक्स र्‍याकेटका सदस्यहरुसँग भेटेका थिए ।

देहव्यापारको प्रमाण पाएपछि प्रहरीले त्यहाँ छापा मारेको थियो ।

– भारतीय संचार माध्यम दैनिक भास्करले यस सम्बन्धमा समाचार लेखेको छ ।

Top Changing Nepal

युट्युब सट्स