Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, मंसिर, २३
सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

काठमाडौं, २३ मङ्सिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ।

मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्।

यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।

Top Changing Nepal

युट्युब सट्स