कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी नयाँ निर्देशिका जारी
ललितपुर। बीमा समितिले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७ अनुसार चालु आर्थिक वर्षदेखि हरेक निर्जिवन बीमा कम्पनीहरुले बार्षिक कूल व्यवसायको पाँच प्रतिशत कृषि बीमा अनिवार्य गर्नु पर्ने भएको छ ।
बिमा समितिले पुरानो बाली तथा पशुपंक्षी बिमा निर्देशन २०६९ लाई समयसापेक्ष परिमार्जन गरी नयाँ ‘कृषि तथा पशुपंक्षी बिमा निर्देशिका २०७७’ जारी गरे संगैं निर्जिवन बीमा कम्पनीहरुले अनिवार्य पाँच प्रतिशत कृषि बीमा गर्नु पर्ने भएको हो।
निर्देशिकाअनुसार बिमा कम्पनीले वार्षिक रुपमा बिक्री गर्ने कूल बिमालेखमध्ये कम्तिमा ५ प्रतिशत कृषि तथा पशुपंक्षीको हुनु पर्नेछ। बिमालेखको अन्तिम अवधि उक्त बिमालेख सकिएको दिनको मध्यरात १२ बजेसम्म कायम रहने निर्देशिकामा उल्लेख छ।
बीमितले आफ्नो सम्पत्तिको क्षतिको प्रमाण नष्ट नभई बिमा कम्पनीलाई टेलिफोन, फ्याक्स, एसएमएस, लिखितपत्रमार्फत् जानकारी गराउनु पर्नेछ। कृषि तथा पशुपंक्षी बिमा क्षति मूल्यांकनकर्ताले बिमा गरिएको वस्तुको क्षति स्पष्ट देखिने गरी विभिन्न कोणबाट आफैंले खिचेको कम्तिमा ५ वटा फोटो र कम्तिमा तीन मिनेटको भिडियो क्लिप क्षति मूल्यांकन प्रतिवेदनसँगै संलग्न गरेको हुनुपर्नेछ।
क्षति मूल्यांकनकर्ताले प्रतिवेदन पेश गरेको ३५ दिन बीमकले दायित्व एकिन ठहर गरी बीमितलाई दाबी भुक्तानी गर्नु पर्नेछ। साथै बीमितले दाबी बापत रकम नपाउने रहेछ भने कारणसहित लिखित जानकारी दिनु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ। सरकारले महाविपत्ति घोषणा गरेको अवधिका लागि यो समय अनिवार्य नहुने समितिले जनाएको छ। त्यस्तै काबु बाहिरको परिस्थितिमा बिमा समितिलाई जानकारी गराएर समय तलमाथि हुन सक्ने निर्देशिकामा व्यवस्था छ।
नेपाल सरकारले बजेटमार्फत् नै कृषि तथा पशुपंक्षी बिमा गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रिमियमको ७५ प्रतिशत रकम अनुदानको रुपमा उपलब्ध गराउँदै आएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


