अनलाइनबाट पुन: श्रम स्वीकृति, यी ६ कागजात चाहिन्छ
काठमाडौँ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन् । बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन । यस अघि श्रम स्वीकृति लिन स्वदेश आउनैपर्ने बाध्यता थियो ।
अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले सम्भवत: आगामी मंगलबारदेखि यो प्रणाली कार्यान्वयन गर्ने जनाएको छ । बिभागले अनलाइनबाट श्रम स्वीकृति नवीकरण गर्ने सबै तयारी पूरा भएको जनाएको छ ।
यी छ कागजात आवश्यक:-
१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि
२. राहदानीको प्रतिलिपि
३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा
४. रोजगार करारपत्र
५. जीवन बिमा
६. कल्याणकारी कोषमा रकम भुक्तानी
माथिमा ६ कागजात भएमा सम्बन्धित देशको दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ ।
पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाईएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।
विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन ।
अर्को महत्वपूर्ण कुरा पुनः श्रम स्वीकृति लिन म्यानपावर कम्पनीको सहयोग आवश्यक पर्दैन । एक पटक श्रम स्वीकृति लिएपछि दुई वर्षसम्म त्यसको म्याद हुन्छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


