Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

यौन सम्बन्ध राखेको भन्दै दुई पुरुषलाई हानियो कोर्रा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, माघ, १७
यौन सम्बन्ध राखेको भन्दै दुई पुरुषलाई हानियो कोर्रा

एजेन्सी, इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । उनीहरुले एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् ।

खबर अनुसार उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो । उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए ।

इन्डोनेसियाको एचेई एउटै मात्र प्रान्त हो जहाँ इस्लामिक कानून लागू छ । उनीहरुसँगै अन्य चारजनालाई पनि कोर्रा हानिएको थियो । यी चारजनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र विपरित लिङ्गीलाई भेटेको आरोप छ ।

मास्क लगाएका व्यक्तिले पिठ्यूँमा कोर्रा हान्दा २७ र २९ वर्षका यी दुई पीडाले निहुरेका थिए । सजायलाई केही बेरका लागि बीचमा राकेर यी दुईलाई पानी पनि खान दिइएको एएफपी समाचार एजेन्सीले बताएको छ ।

दुईमध्ये एककी आमा छोरालाई कोर्राले हानेको हेर्न नसकेर बेहोस भएकी थिइन् । त्यसै दिन एक महिला र पुरुषलाई निकै नजिक बसेको अवस्थामा भेटिएको भन्दै २० पटक कोर्रा हानियो । साथै अर्का दुई पुरुषलाई मदिरापान परेको आरोपमा ४० पटक कोर्रा हानियो ।यो सँगै अचेईमा समलिङ्गी पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानिएको तेस्रो घटना हो । मुस्लिम बाहुल्यता भएको देश इन्डोनेसियामा समलैङ्गिकता अवैध भने होइन । तर सन् २००६ मा दशकौं लामो अलगाववादी युद्ध अन्त्यका लागि अचेईलाई सरिया कानून लागू गर्ने अधिकार दिइएको थियो ।

त्यतिबेला अचेईका राजनीतिक नेताले सिरिया कानूनले धार्मिक अल्पसंख्यकको कानूनमाथि कुनै असर नपार्ने बताउँदै अन्तर्राष्ट्रिय मानवाधिकारको सम्मान गर्ने बताएका थिए ।-दृष्टिबाट

naima expoTop Changing Nepal

युट्युब सट्स