शहरी विकासमन्त्री प्रभु साहको सामु महिलाले किन विष सेवन गर्न खोजिन्
काठमाडौं, १९ फागुन । शहरी विकासमन्त्री प्रभु साहकै अगाडि एकजना महिलाले विष सेवनको प्रयास गरेकी छिन् । विष सेवन प्रयासको घटना अन्त कतै नभएर सिंहदरबारभित्र शहरी विकास मन्त्रालयमा भएको हो ।
मन्त्री साहको सामुन्ने महिलाले विष सेवनको प्रयास गरेको घटना जनआस्थाले प्रकाशित गरेको छ । महिलालाई रोक्न शहरी विकास मन्त्रालयका सचिव रमेश सिंह समेत लागेका थिए ।
महिलाले तँ नै भनेर मन्त्रीलाई हप्काएकी थिइन् । साहले पैसा खाएको आरोप लगाउँदै फर्काउन भन्दै गालीगलौज गरेकी थिइन् । महिलाले मेटासिडको बिर्को समेत खोल्न खोज्दा रोकिएको थियो ।
जनआस्थाका अनुसार महिलाको लिएको रकम नतिरेपछि लफडा परेको छ । ती महिला हुन् दिपा कुँवर । उनले कुनैबेला डा.बाबुराम भट्टराईसँग तस्बिर खिच्दा भाइरल भएको थियो । मन्त्री साहले दिपासँग स्थानीय नर्विाचनअघि चुनाव खर्चका लागि भन्दै ३० लाख रुपैयाँ लिएका थिए ।
दिपाको छोरालाई अष्ट्रेलिया पठाइदिने र कुरा मिलाउने सहमति भएको थियो । तर, त्यो पनि भएन । दिपाले साथीको घर बैंकमा धीतो राखेर रकम सापटी लिएको समाचारमा उल्लेख छ । तर, ३० लाख प्रभु साहले लगेपछि फिर्ता नआउँदा तिर्न नसकेर घर लिलामीमा सूचना निस्किइसकेको छ । त्यसपछि दिपा रकम फिर्ता गर्न दौडधूपमा छिन् । तर, नपाएको उल्लेख छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

