युटुवबाट कमाई गरिराखेकाहरुलाई २४ प्रतिशत कर लाग्ने !
काठमाडौँ | अमेरिका बाहेक विश्वभर युटुव मार्फत कमाई गरिराखेकाहरुले जुन २०२१ देखि २४ प्रतिशतसम्म कर तिर्नुपर्ने भएको छ । कर तिराउने सम्बन्धमा अबको केहि सातामै गुगलमार्फत कमाई गरिराखेकाहरुले कर सम्बन्धि जानकारी पठाउनु पर्ने गुगलले जनाएको छ ।
गुगलले आफ्नो कर सम्बन्धि जानकारी पठाउनेहरुको भने एडसिन्स एकाउन्टबाट अमेरिकी प्रयोगकर्ता बाहेक अन्य देश मार्फत भएको कमाई कर अन्तर्गत नकाट्ने स्पष्ट पारेको छ । अन्यथा आगामी मे ३१ देखि गुगलमा जति कमाई गरेको छ, २४ प्रतिशत कर काटेर मात्र गुगलले पैसा दिने जनाएको छ ।
अब के गर्ने ?
गुगलका अनुसार अबको केहि साता भित्रै तपाइँहरुलाई एडसिन्समा आफ्नो कर जानकारी पठाउन एक इमेल प्राप्त हुनेछ । ६ चरणमा कर प्रणालीको प्रश्नहरुको प्रक्रिया पुरा गर्नुपर्नेछ ।
किन यस्तो ?
गुगलले अमेरिकी कर मार्फत लिने राजश्व कोड ३ अनुसार यो नीति लागु गर्न लागेको जनाएको छ । यो नीतिसंगै अमेरिका बाहिरबाट गुगल मार्फत कमाई गरिराखेकाहरुबाट कर जानकारी संकलन गर्ने र केहि उदाहरणहरुमा कर कटौती गर्नेछ । जसको कारण अमेरिकाबाट हेर्ने दर्शकहरुबाट हुने आम्दानीमा कर काटिनेछ । गुगलले भनेको छ ‘संयुक्त राज्य अमेरिका बाहिरका सिर्जनाकर्ताहरूको लागि, हामी चाँडै नै हाम्रो सेवा सर्तहरू अपडेट गर्नेछौं । जहाँ तपाईंको युट्युबबाट हुने कमाईलाई संयुक्त राज्य अमेरिकाको कर परिप्रेक्ष्यबाट रोयल्टी मानिनेछ । यसले तपाईंको आयलाई भुक्तानी गर्ने तरीकामा असर पर्न सक्छ, र संयुक्त राज्य अमेरिका कानूनद्वारा आवश्यक अनुसार गुगलले करहरू घटाउनेछ ।’
कमाई घट्छ ?
यदि तपाइँलाई गुगलले अबको केहि सातामा पठाएको इमेल अनुसार आफ्नो कर विवरण पेश गर्नुहुन्छ भने, अमेरिकी प्रयोगकर्ताले तपाइँको सृजनाहरु हेर्दा तपाइँले कमाउने कमाईको करहरू मात्र एडसिन्सबाट काटिनेछ । गुगलका अनुसार गुगल विज्ञापन दृश्यहरू, युट्युब प्रीमियम, सुपर च्याट, सुपर स्टिकरहरू र च्यानल सदस्यताहरू मार्फत संयुक्त राज्य अमेरिकामा दर्शकहरुद्वारा कमाएको राजस्व कर अन्तर्गत काटिनेछ । यदि तपाइँले गुगललाई कुनै कर जानकारी प्रदान गर्नु भएन भने, तपाईंको करदर उच्च व्यक्तिगत ब्याकअप होल्डिंग दर विश्वव्यापी कुल आयको २४% हुनेछ । यसको मतलब तपाइँले १ लाख कमाउनु भएको छ भने ७६ हजार मात्र पाउनुहुनेछ ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


