लक्षित वर्गलाई कुखुराका चल्ला वितरण
हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्वारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ ।
वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो । गाउँपालिकाअन्तरगत पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ ।
सोही वडाका ३१ घरधुरीलाई प्रति घर तीन जोडाका दरले गिरीराज जातका कुखुरा वितरण गरिएको पशु सेवा शाखाका निमित्त प्रमुख चिनबहादुर शाहीले बताए।
उनीहरुको व्यवसायका लागि एक मात्र कुखुरा आधार बनोस् भन्दै कुखुरा वितरण गरेको शाहीले जानकारी दिए ।
गाउँपालिकामा पुगेका ३५० कुखुरामध्ये २७५ वितरण गरिएको थियो । बाँकी ७५ वटा कुखुरा मरेको शाखाका निमित्त कार्यालय प्रमुख शाहीले बताए ।
वितरण गरिएका सवै कुखुरा लक्षित वर्गका व्यक्तिलाई मात्रै वितरण गरिएको हो । सो जातका कुखुराले साढे दुई महिनामै अण्डा उत्पादन गरेर चल्ला जन्माउने गरेको प्रमुख शाहीको भनाइ छ ।
सम्बन्धित समाचार
विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न : निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


