दुइ वटा दाँत भएकी छोरी जन्मेपछि..
एजेन्सी । बच्चा जन्मेको सामान्यतया ६-७ महिनापछि मात्र दाँत पलाउँछ । तर बेलायतमा भने एक महिलाले दुइ वटा दाँत पलाइसकेकी छोरी जन्माएकी छिन् । बच्ची जन्मिदै अघिल्ला दुइवटा दाँत पलाएको देखेपछि नर्स तथा डाक्टरहरु त अचम्ममा परे नै बढि आपत भने आमा चाहीँलाई पर्यो । छोरी जन्मिँदै २ दाँत देखेपछि आमालाई सुरुमा डर लाग्यो र दुध चुसाउन मन लागेन । तर अन्ततः डाक्टरहरुले ती जन्मजात दाँत हटाइदिए र कोलले बच्चालाई निर्धक्क दुध चुसाउन थालिन् । बेलायतको वेल्सकी २५ वर्षकी कोल पुलेन्सले युनिभर्सिटी अस्पतालमा दुइ दाँते छोरी जन्माएकी हुन् ।
उनकी छोरीको तौल ३ किलो भन्दा बढि छ । उक्त अस्पतालमा पहिलो पटक त्यस्तो दाँत पलाएको बच्चा जन्मिएको भएपनि विश्वमा हरेक ३ हजार नयाँ जन्ममा एउटा बच्चाको जन्मिँदै दाँत पलाउने विज्ञहरु बताउँछन् । रोचक कुरा त के भने कोलकी हजुरआमाको समेत जन्मिँदै दाँत पलाएका रहेछन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

