च्याम्पियन्स लिगः ७ वर्षपछि चेल्सी क्वाटरफाइनलमा
जानकारी केन्द्र
२०७७, चैत्र, ५
एजेन्सी, ५ चैत । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले सात वर्षपछि प्रवेश गरेको छ । स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १-० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३-० ले विजयी भएको हो । घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरेका थिए ।
जिएचले खेलको ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाएका हुन् । ८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


