बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन
काठमाडौं । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उदेश्य सहित साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्र्तराष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ । नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । यस अघि स्थापना भएका नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना), कृषि पत्रकार समाज (साज)नेपाल र कृषि संचार समाज एकिकरण गरी महासंघ गठन गरिएको हो । पेशागत अधिकार र श्रमजिवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदैं सम्बन्धित निकायसम्म पुर्याउने उदेश्यले स्थापित महासंघको पदाधिकारीको वैठकले कृषि पत्रकारको स्वास्थ सुरक्षालाई लक्षित गरी २५ लाखको कृषि पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय एवं घोषणा समेत गरेको छ ।
देशैभर समान उदेश्य राखि स्थापना भएका कृषिसंग सम्बन्धीत संचार संस्थाहरुलाई छाता संगठनमा आवद्धताका लागि समेत महासंघको पहिलो वैठकले आव्हान गरेको छ । विहिबार बसेको वैठकले कृषि पत्रकार स्व. गोविन्द प्रसाद घिमिरेको नाममा गोविन्द शर्मा स्मृति कृषि पत्रकारिता पुरस्कार स्थापना गरी सो पुरस्कार महासंघ स्थापना दिवसको अवसर पारी हरके वर्ष कृषि क्षेत्रमा कलम चलाउने उत्कृष्ठ पत्रकारलाई सम्मान गर्ने जनाएको छ । साथै महासंघले सातै प्रदेशमा छरिएर रहेका कृषि पत्रकारहरुलाई संगठित गरी महासंघको सातै प्रदेश शाखा विस्तार गरेको छ ।
सम्बन्धित समाचार
विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न : निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


