नेपाल बैंकले ३ सय जनालाई विना ब्याज ऋण दिने
जानकारी केन्द्र
२०७७, चैत्र, ५
नेपाल बैंक लिमिटेडले ३ सय जनालाई विना ब्याज ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले जनही ३ लाखका दरले व्यावसायिक कर्जा दिने भएको हो । यसरी विना ब्याज ऋण दिनका लागि मंगलबार बैंक र नगरपालिकाबिच कर्जा प्रवाहको सहमति भएको थियो । यस्तो सहमति बैंक र नगरपालिकाको संयुक्त आयोजनामा ७ दिन ‘सहुलियतपूर्ण कर्जा सहजीकरणको लागि उद्यमशीलता तथा वित्तीय साक्षरता (जीवाईबी/एसवाईबी) ’तालिम कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रम पश्चात् तालिमप्राप्त ३०० जनालाई नगरपालिकाको जमानीमा बैंकले विना ब्याज कर्जा प्रवाह गर्ने सहमति भएको छ । राजधानीमा मङ्गलवार देखी जारी सो तालिममा १० समूहमा ३७० जना नगरवासी युवाहरूको सहभागिता रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट


