दाहाल र नेपालबीच भेटवार्ता, मिलेर जाने सहमति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच आज विहान एक व्यापारीको घरमा भेटवार्ता भएको बुझिएको छ । हिजोमात्रै पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । पछिल्लो समय दुई नेताबीच कसरी मिले अघि बढ्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग-अलग भएका छन् । तर, एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको संघर्ष भने तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदाको जस्तै अन्तरसंघर्ष जारी छ । कतिसम्म भने ओलीले नेपालसहित नेताहरु डा. भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई समेत स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफमा नेता नेपाल र रावलले हिजै बुझाएका छन् । तर, जवाफभन्दापनि नेता नेपाल र रावलले उल्टै ओलीसामू आक्रामक प्रश्न गरेका छन् ।
ओलीले संसदीय दलको बैठक आज दिउँसो ३ बजे डाकेका छन् । उक्तै बैठकमा जाने वा नजाने भन्नेबारे यो समूह अझै अनिर्णित छ । माधव नेपाल समूहको अहिले कलंकीस्थित् मेगा पार्टी प्यालेशमा केन्द्रीय कमिटी सदस्यहरुको बैठक जारी छ । बैठक बस्नुअघि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनीहरुले आवश्यक परे तत्काल पार्टी एकता गरेर भएपनि अघि बढ्ने निश्कर्ष निकालेका थिए । हिजोको बैठकमा दुई नेताबीच सर्वोच्चको फैसलाविरुद्ध पूनरावलोकनमा जानेबारे कुराकानी भएको थियो ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

