काठमाडौं उपत्यकाको आकाशमा तुवालो, यस्तो हुन सक्ने खतरा
काठमाडौं । खराब मौसमसँगै प्रदुषणले राजधानी उपत्यका ढाकिएको छ । बिहानैदेखि धुम्म काठमाडौं दिउँसो तुवालोले भरिएको छ । प्रतिकुल मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै जाम भएको छ । यो रिलिज नहुँदासम्म काठमाडौंको आकाश सफा हुने छैन ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण उपत्यका तुवालोले ढाकिएको हो । उपत्यकासँगै केही पहाडी भू-भागको मौसम समेत बदली भएको छ ।
वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका विरामी सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घर बाहिर निस्कदा विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।
त्यस्तै तराई क्षेत्रका सहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगर्न आग्रह गरिएको छ । केही दिन अघिदेखि नै उपत्यकाको आकाश धुम्म भएको थियो ।
शुक्रबार तुवालोले उपत्यका पूरै ढाकिएको छ । राजधानीबासीको स्वास्थ्यमा यसले नकारात्मक असर पार्ने खतरा देखिन्छ । राजधानीबासीले हावामा धुँवाको गन्ध मात्रै होइन्, आँखा, घाँटी पोल्ने समस्या पनि बढेको अनुभव गरेका छन् । अनौठो खालको उकुसमुकुसको अनुभव भइरहेको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


