उकालो लाग्दै कोरोना ग्राफ, यस्तो छ पछिल्लो अवस्था ?
जानकारी केन्द्र
२०७७, चैत्र, १५
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा २ हजार १०१ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६१ हजार १४६ पुगेको छ । गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको ज्यान गएको छैन ।
नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ । हाल ५९ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ९५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ५३० जना पुगेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


