सुगम पोखरेल र सोना अमात्यको ‘मेरो माया करोडमा’ (भिडिओ)
जानकारी केन्द्र
२०७७, चैत्र, १७
गायिका सोना अमात्य र गायक सुगम पोखरेलको स्वरमा ‘मेरो माया करोडमा’ गीत सार्वजनिक भएको छ। सोमबार युट्युब मार्फत सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत छ।
रोमान्टिक शैलीको यो प्रेम गीतको भिडिओ गम्भीर बिस्टले निर्देशन गरेका हुन्। भिडिओमा गायिकासँगै सागर लम्साल क्षेत्री ‘बले’ र गोविन्द सिंह विष्टले अभिनय गरेका छन्। बुद्ध थापाको छायांकन, सुभम भुजेलले नृत्य निर्देशन रहेको यस गीतको भिडिओ नवीन निरौलाले सम्पादन गरेका हुन्।
गायिका सोना अमात्यले अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गीतबाट संगीत यात्रा आरम्भ गरेकी हुन्। ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत गीत सार्वजनिक गरेकी उनी आफ्ना गीतहरुमा मोडलिङ पनि गर्छिन्। ‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर सोना विज्ञापन एजेन्सी चलाउँछिन्।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

