Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कोरोना संक्रमण बढेसँगै चार हप्ता लकडाउन, विद्यालय पनि बन्द

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १९
कोरोना संक्रमण बढेसँगै चार हप्ता लकडाउन, विद्यालय पनि बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या तीव्ररुपमा थपिँदै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ भने विद्यालय पनि बन्द गर्ने घोषणा गरिएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिबारदेखि चार हप्ता लकडाउन र विद्यालय बन्दको घोषणा गरेका हुन् । राष्ट्रपति म्याक्रोनले एक टेलिभिजनमा सम्बोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताए ।

लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्ने खबर बीबीसीले लेखेको छ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ ।

म्याक्रोले कोरोनाको संक्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताउन भने भुलेनन् । उनले कोरोनाविरुद्धको खोपलाई तिव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि तर्क गरे ।

फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई संक्रमण भएको छ भने ९५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स