त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि २० खेलाडी बोलाइयो, को को परे ?
जानकारी केन्द्र
२०७७, चैत्र, २२
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आइतवार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशी रहेका छन् ।
नेपाली टिमको बन्द प्रशिक्षण मंगलवारबाट शुरू हुनेछ । नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ । सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

