विश्वकै प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ
केही दिन हल्का सुधार भएको वायु प्रदूषण फेरि अत्यधिक बनेको छ। काठमाडौँ अहिले ९सोमबार० विश्वकै प्रदूषित शहरको सूचिमा पहिलो नम्बरमा छ। आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई एअर क्वालिटी इन्डेस्क ३०७ रहेको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ।
यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ । गएको बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो। तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो। हिउँदमा निकै कम वर्षा हुँदा धुलोका कण जम्मा भएर प्रदूषित काठमाडौँसहितका विभिन्न क्षेत्रको वायुमा डढेलोको धुवाँ मिसिँदा गएको हप्ता अवस्था अति नाजुक भएको थियो।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


