Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

लोक सेवा आयोगले माग्यो ४०० भन्दा बढी कर्मचारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २५
लोक सेवा आयोगले माग्यो ४०० भन्दा बढी कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यामा आवेदन माग गरेको छ । आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको हो ।

आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो । आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो ।

उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ । आवेदनका लागि http://psconline.psc.gov.np/ मार्फत आवेदन दिन सकिने छ । आवेदन दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स