नेपालमा टिकटकको ठाउँ लिदै ‘थोप्ला’
सुदिप चापागाईं (देव), चितवन । चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ‘थोप्ला'( Thopla) संचालनमा आउने भएको छ । एलको (Yelko) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ‘थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ‘थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ । यस एपमा १५ सेकेण्ड देखि १ मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने छ । कम्पनीका अनुसार प्रयोगकर्ताको डाटा सुरक्षा र प्रयोगकर्तालाई सहजताका साथ मनोरञ्जन प्रदान गर्ने विषयमा विशेष ध्यान दिइएको छ ।
पछिल्लो समय युवा पुस्तामा मात्र नभइ हरेक उमेरका व्यक्तिमा देखिएको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालमा आफ्नै टिकटक सरह एप निर्माण गरिएको खनालले बताए । उनी भन्छन्, “नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउने र प्राविधिक क्षेत्रमा अगाडी बढाउने लक्ष्यका साथ एलको कम्पनीले विभिन्न प्रोजेक्ट गरिरहेको छ र त्यस मध्यको ‘थोप्ला’ एक हो जसबाट रचनात्मकता र प्रतिभा भएका व्यक्तिहरुलाई जोड्न सकिने छ ।”
थोप्ला निर्माणको सबै प्राविधिक काम सकिएको र सहि समय अनुकुल हेरेर बजारमा ल्याउन कम्पनीको तयारी रहेको खनालले बताएका छन् । साथै अन्य धेरै विशेषता टिकटकसंग मेल खाने भएतापनि आगामी दिनमा अझै प्रभावकारी बनाउने कम्पनीको योजना रहेको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


