Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज चट्टयाङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
आज चट्टयाङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चैत्र ३१ गते (मंगलवार
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ बैशाख १ गते (बुधबार)
दिउँसो: सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ ।

राति: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ बैशाख २ गते (बिहीबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ ।

राति: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स